देश

एनसेल प्रकरणमा नेता, व्यापारी र कर्मचारीको मिलेमतो छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भ्रष्टाचारमा राजनीतिक दलहरु डुबेका कारण बिभिन्न प्रकरणहरु सार्वजनिक भइरहेको बताएका छन् ।

विराटनगरमा शनिबार दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले आयोजना गरेको पुरस्कार समर्पण कार्यक्रममा बोल्दै नेता कोइरालाले राजनीतिक नेतृत्वको साँठगाँठ नभएसम्म ठूला ठूला भ्रष्टाचार हुनै नसक्ने बताएका हुन् ।

उनले अहिले मुलुकका राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा अराजकता बढेको बताए । एनसेल प्रकरणमा राजनीतिक दलका नेता, व्यापारी र कर्मचारीको मिलेमतोमा अरबौं रुपैयाँका भ्रष्टाचार भएको उनले बताए । नेता कोइरालाले राजनैतिक दलका नेता र नेतृत्वका कारण व्यवस्था प्रति नै जनताको वितृष्णा बढेकाले सच्चिएर अघि बढ्नुको विकल्प नभएको धारणा राखे ।

कार्यक्रममा ५१ हजार राशीको भाषा साहित्य पुरस्कार वरिष्ठ साहित्यकार भागिरथी श्रेष्ठलाई र २५ हजार राशीको राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *