मुख्य समाचार

डा. शशांक भन्छन् – नागरिकको अपेक्षालाई सार्थक बनाउन आवश्यक छ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नागरिकको अपेक्षा तराई–पहाड–हिमाल, खुशी, सुखी नेपाली समृद्ध र समुन्नत नेपाललाई सार्थक बनाउन आवश्यक रहेको बताएका छन् ।

बडादसैँको शुभकामना आदानप्रदान गदैं महान् पर्वले नेपाल र नेपालीहरूमा आपसी एकता, सहिष्णुता, सद्भाव र समभावसहितको आत्मियतालाई बलियो बनाउने विश्वास व्यक्त गरे ।

‘नागरिकको अपेक्षा तराई–पहाड–हिमाल, खुशी, सुखी नेपाली समृद्ध र समुन्नत नेपाललाई सार्थक बनाउन यि महान् पर्वहरूले आशीर्वाद दिने विश्वास लिँदै सबै नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दछु’, शशांकद्वारा जारी शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *