काठमाडौँ । एशिया कपको सुपर चार अन्तर्गत भारतले पाकिस्तानविरुद्ध शानदार शुरुवात गरेको छ ।
टस हारेर पहिला ब्याटिंग गरिरहेको भारतका दुवै ओपनरले अर्धशतक पुरा गरेका छन् ।
यो समाचार तयार गरुन्जेल १६ ओभरको खेल सकिदा कप्तान रोहित शर्माले ५६ रन बनाएका छन् भने शुभमन गीलले ५५ रन बनाएका छन् ।
अहिले १६ ओभरको खेल सकिदा भारतले कुनै विकेट नगुमाएर ११८ रन बनाएको छ ।




