देश

रेशम चौधरीलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई ६ महिना कैद सजाय

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका कर्मचारी महिमानसिंह विष्टलाई ६ महिना कैद सजाय सुनाइएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुषालको इजलासले विष्टलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको हो ।अदालतले चैत २२ गते उनलाई दोषी ठहर गरेकोमा बिहीबार सजाय तोकेको हो । विष्टले लेखेको अनधिकृत पत्रकै आधारमा प्रहरीले चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागार पठाएको थियो । तर पछि सर्वोच्चले अर्को पत्र लेखी उनलाई रिहा गर्न आदेश दिएको थियो ।

त्यसपछि पछि विष्टलाई नियन्त्रणमा लिएर लिखत सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो । विष्ट त्यतिबेला एक लाख धरौटीमा रिहा भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *