देश

रास्वपाले तोक्यो मन्त्री, सांसदको लेबी

काठमाडौं।सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले मन्त्री, सांसद एवं अन्य पदाधिकारीका लागि लेबी तोक्ने निर्णय गरेको छ ।

पार्टीका नवनियुक्त मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीका अनुसार, सांसदहरूका लागि प्रति महिना रु. १६,५०० र मन्त्रीहरूका लागि रु. १८ हजार लेबी तोक्ने प्रस्ताव पारित भएको हो ।

त्यस्तै, स्वकीय सचिवहरुका लागि पनि २ हजार लेबी तोक्ने प्रस्ताव पारित भएको छ ।सांसदहरुले स्वकीय राख्न पाउने वा नपाउने भन्नेमा विवाद रहे पनि स्वकीय सचिव राख्ने निर्णय भएमा उनीहरुले पनि रु. २ हजार लेबी बापत पार्टीलाई बुझाउनु पर्नेछ ।

संसद सचिवालयले भने सांसदलाई स्वकीयको व्यवस्था गर्नेगरी प्रस्ताव गरिसकेको छ । यसअघि सुशीला कार्कीको सरकारले सांसदका स्वकीयलाई हचुवाका भरमा राज्यकोषबाट तलबभत्ता बितरण गरिएको भन्दै त्यस्तो व्यवस्था खारेज गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *