देश

कोशी सरकारले ल्यायो बजेटसम्बन्धि अध्यादेश

काठमाडौं । कोशी प्रदेशमा जारी बजेट शून्यता अन्त्यका लागि सरकारले अर्को अध्यादेश ल्याएका छन् । नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिपरिषद्‍को पहिलो बैठकले बजेट सम्बन्धी नयाँ अध्यादेश ल्याउने निर्णय गरेको हो ।

सरकारले सिफारिस गरेका कोशी प्रदेश आर्थिक अध्यायदेश र कोशी प्रदेश विनियोजन अध्यादेश प्रदेश प्रमुख परशुराम खापुङ्गले जारी गरेका हुन् ।

सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका कार्कीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले बजेटसम्बन्धी अर्को अध्यादेश ल्याउन प्रदेश प्रमुख पर्शुराम खापुङलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश आर्थिक अध्यादेश र विनियोजन अध्यादेश २०८० जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।

कार्की नेतृत्वकै तत्कालीन सरकारले यसअघि गत जेठ ३२ गते अध्यादेशबाट चालु आर्थिक वर्षको बजेट ल्याएको थियो । निवर्तमान मुख्यमन्त्री उद्धव थापाले उक्त अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउन नसकेपछि भदौ ११ गतेदेखि प्रदेश बजेट शून्यतामा गएको छ । यसअघि ल्याएको बजेटमा कुनै फेरबदल नगरी जस्ताको तस्तै ल्याउने तयारी गरिएको मन्त्री मेन्याङ्बोले बताए ।

अध्यादेश जारी भएपछि प्रदेशसभा बैठक बसेको ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याउन नसके स्वतः निस्क्रिय हुने संवैधानिक प्रावधान छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *