काठमाडौं।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।
बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन,चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । साथै मधेस र कोशी प्रदेशस्थित तराई क्षेत्रका थोरै स्थानमा हावाहुरीको सम्भावना पनि रहेको महाशाखाको अनुमान छ ।
महाशाखाले सूचना जारी गर्दै भनेको छ, ‘बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन,चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेस र कोशी प्रदेशस्थित तराई क्षेत्रका थोरै स्थानमा हावाहुरीको सम्भावना पनि रहेको छ ।’
राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन,चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।




