खेलकुद

विश्वकप खेल्ने भारतीय क्रिकेट टिमको घोषणा, को को परे ?

काठमाडौँ । भारतले एकदिवसीय विश्वकपका लागि १५ सदस्यीय टिमको घोषणा गरेको छ । भारतमा ५ अक्टोबरदेखि नोभेम्बर १९ सम्म हुने विश्वकपका लागि भारतले आफ्नो टिम मंगलबार घोषणा गरेको हो ।

भारतीय टिममा इन्जुरिका कारण लामो समय टिम बाहिर रहेका केएल राहुललाई टिममा समावेश गरिएको छ । त्यस्तै भारतको विश्वकप खेल्ने टिममा चर्चित स्पिनर युजवेन्द्र चहललाई टिममा समावेश गरिएको छैन ।

विश्वकप खेल्ने भारतीय टिम: रोहित शर्मा (कप्तान), हार्दिक पाण्डेय (उपकप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, सूर्यकुमार यादव, इशान किशन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, जसप्रीत बुमराह, मोहम्मद शामी र मोहम्मद सिराज ।

यस विश्वकपमा भारतले आफ्नो पहिलो खेल अक्टोबर ८ मा अस्ट्रेलियाविरुद्ध खेल्दै छ । त्यस्तै विश्वकपमा भारत र पाकिस्तानबीचको खेल अक्टोबर १४ मा हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *