देश

वनमा खराल र कृषि सचिवमा पौडेल

काठमाडौं । सरकारले दुई सचिवको जिम्मेवारी हेरफेर गरेको छ । सरकारले कृषि तथा पशुपन्छी र वन तथा वातवरण मन्त्रालयको सचिवहरुको जिम्मेवारी हेरफेर गर्दै सम्बन्धित सेवाकै सचिवलाई सम्बन्धित मन्त्रालयकै जिम्मेवारी दिएको हो ।

मन्त्रिपरिषद् बैठकले हाल वन मन्त्रालयको सचिव रेवतीरमण पौडेललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पठाएर त्यहाँका सचिव दीपककुमार खराललाई वन मन्त्रालयमा ल्याएको हो । दुबै सचिवले आज आ–आफ्नो नयाँ कार्यभार सम्हाल्ने कार्यक्रम छ ।

वन सेवामै लामो समय बिताएका खरालले सहसचिव हुँदा रेड कार्यन्वयन, वन अनुसन्धान प्रशिक्षण केन्द्र, राष्ट्रिय निकुञ्जको महानिर्देशक चलाइसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *