राजनीति

संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते

काठमाडौं । संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ मा हुने भएको छ ।

बिहीबारको बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले निर्वाचनको कार्यतालिका प्रस्तुत गर्ने जनाइएको छ । सभापतिको अभावमा संसदका कामकारबाहीहरु लापरबाही भएका छन् । निर्वाचनको अभावमा अहिलेसम्म संसदका ११ समितिका बैठक जेष्ठ सदस्यको नेतृत्वमा संचालनमा हुँदै आएको छ ।

नेकपा (एमाले)३, नेकपा (माओवादी केन्द्र) २, नेपाली कांग्रेसले ४, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) ले १ /१ समितिको सभापति पाउने गरी दलहरुबीच सहमति भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *