देश

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध पाँच दलको बैठक विहानैदेखि बालुवाटारमा बसिरहेको छ । आज बिहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवासमा पाँच दलका शीर्ष नेताहरूको बैठक बसिरहेको हो ।

संसद्मा प्रमुख प्रतिपक्ष एमालेको अवरोध जारी रहेका बेला सत्ता गठबन्धनका दल छलफलमा जुटेका हुन् । बैठकले संसद्को गतिरोध अन्त्य, ललिता निवास तथा सुन प्रकरणलगायत विषयमा साझा धारणा बनाउने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *