मुख्य समाचार

सात दलको निष्कर्ष: प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुनपर्ने

काठमाडौं । सत्तारुढ सात दलको बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राजीनामा मागेकोबारे छलफल भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सात दलको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिको बारेमा छलफल भएको र राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको माओवादी केन्द्रका नेता हितराज पाण्डेले जानकारी दिए ।

‘प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर हिजो संसद अवरुद्ध भयो र त्यहाँ प्रमले राजीनामा गर्नुपर्छ भन्ने कुरा आयो, राजीनामाको कुरा कल्पना पनि गर्न सकिन्न’, पाण्डेले भने, ‘जे कुरा हो त्यो कुरा प्रधानमन्त्रीले सदनमा राख्ने ।’

सात दलले मिटरब्याज पीडितहरुलाई न्याय दिन र सुशासनका लागि सरकारले गरिरहेको कामलाई ओझेलमा पार्न गरिएको षडयन्त्र भएको पनि निष्कर्ष निकालेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *