काठमाडौं । बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको छ ।
मुटुमा समस्या आएपछि गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मंगलबार बिहान भर्ना भएका राष्ट्रपति पौडेललाई बुधबार मात्र डिस्चार्ज गरिने अस्पतालले जनाएको हो। अस्पतालले जानकारी गराएअनुसार रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेकाे छ ।
राष्ट्रपति पौडेललाई २४ घण्टा अवलोकनमा राखी बुधबार मात्रै डिस्चार्ज गर्ने अस्पतालका कार्यकारी निर्देश चन्दमणि अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
‘राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाका बारेमा अस्पतालले जारी गरेको प्रेस विज्ञप्ती यस्तो छ :





