समाचार

चीनसँग हतियार खरिद गर्ने निर्णय भएको छैन : रक्षा मन्त्रालय

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवाको पछिल्लो कार्यकालमा एपीसीलगायतका हातहतियार खरिद गर्ने निर्णय नभएकाे रक्षा मन्त्रालयले जनाएको छ ।

विभिन्न मिडियामा देउवा नेतृत्वको सरकारले चीनसँग एपीसीलगायतका हातहतियार खरिद गर्ने निर्णय भएको भन्दै समाचार प्रकाशित भएपछि मंगलबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै मन्त्रालयको ध्यानाकर्षण भएको जनाएकाे छ ।

सञ्चार माध्यममा आएको विषयमा सत्यता नरहेको मन्त्रालयकी सहायक प्रवक्ता कविता निरौला ढुंगेलले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । प्रधानसेनापति प्रभुराम शर्माले समेत सेनालाई हतियार आवश्यक नरहेकाे भन्दै खरिद गर्ने निर्णय नभएकाे स्पष्ट पारेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *