देश

अध्यापन अनुमतिपत्रको लागि सवै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन पाउने

काठमाडौं । सरकारले अध्यापन अनुमतिपत्रको लागि शिक्षा संकायको अनिवार्यता खारेज गर्दै कानुन निर्माण गर्ने भएको छ।

आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तु गर्दै अर्थमन्त्री डा प्रकाश शरण महतले अध्यापन अनुमतिपत्रको परीक्षामा सबै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन पाउने कानुनी व्यवस्था मिलाइने बताए।

यसअघि केही प्राविधिक विषयबाहेक अनुमतिपत्रका लागि शिक्षा संकायको अध्ययन अनिवार्य थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *