मुख्य समाचार

हिमाल मासिक पत्रिकाको प्रकाशन बन्द

काठमाडौं । हिमाल मासिक पत्रिकाको प्रकाशन बन्द भएको छ । जेठ अंकसँगै खबरपत्रिका प्रकाशन नहुने हिमालमिडिया प्रालिले जनाएको छ।

हिमालका प्रकाशक कनकमणि दीक्षितले प्रकाशकीय नोटमा भनेका छन्, ‘पाठकलाई दुःखद सूचना दिनुपर्ने भएको छ, यसै २०८० जेठ अंकबाट हिमाल खबरपत्रिकाले विश्राम लिनेछ।’

प्रकाशन विश्रामको निर्णयले पाठक, ग्राहक, विज्ञापनदाता तथा शुभेच्छुकमा पर्ने असुविधाप्रति क्षमा माग्दै प्रकाशक दीक्षितले हिमाल प्रकाशनमा जोडिएका सबैलाई धन्यवाद ज्ञापन गरेका छन्। प्रकाशक दीक्षितले भनेका छन्, ‘मासिक हिमालको नेतृत्व गरेका रविन गिरी सहित खबरपत्रिका टीम तथा हाम्रो पानालाई आफ्नो ठानिदिनुभएका सबै लेखक, विचार निर्माणकर्तालाई मनैदेखि धन्यवाद।’

हिमालखबर डटकम भने यथावत् रहने प्रकाशकीयमा उल्लेख छ। आर्थिक अभावका हिमालको प्रकाशन बन्द भएको बुझिएको छ । विज्ञापनको बजार खुम्चिनु र मिडियामा चर्को प्रतिस्पर्धा भएकाले चलाउन नसकेको हिमाल मिडियाले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *