राजनीति

देउवा निवास धुम्बाराहीमा सभापति देउवाले बोलाए आकस्मिक बैठक

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आकस्मिक पदाधिकारी बैठक बोलाएका छन् ।
बैठक देउवा निवास धुम्बाराहीमा नक्कली भुटानी शरणार्थी प्रकरणमा नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि देउवाले बैठक बोलाएका हुन् ।

बैठकमा शरणार्थी प्रकरण र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ । देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग केही बेर अघि छलफल गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *