देश

ताप्लेजुङमा चट्याङ लागेर पूर्व वडाध्यक्षको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा गए राति चट्याङ लागेर एक जनाको ज्यान गएको छ । सिदिङ्वा गाउँपालिका–६ का पूर्व वडाध्यक्ष समेत रहेका ५८ वर्षका श्रीप्रसाद कडरियाको मृत्यु भएको मृतकका भाइ गोपाल कडरियाले जानकारी दिए ।

बेलुका करिब ९ बजे तीर ठूलो चट्याङ प¥यो । विजुली चम्किरहेको थियो सोही समयमा मृतक करडरिया खाली खुट्टामा बाहिर आँगनमा निस्किएका बेला घरभित्र पस्ने बेलामा चट्याङ परेर उनलाई हुत्याएको थियो । चट्याङको करेन्ट लागेर सख्त घाइते कररियाको एक घण्टापछि मृत्यु भएको बताइएको छ ।

कतै चोटघाउ भने देखिएको छैन भाइ गोपाल कडरियाले बताए । सो वडाका समाजसेविका रुपमा परिचित करडियाको शवलाई आज दिउँसो दाहसंस्कार गरिने बताइएको छ । तीन दिनअघि पनि मैवाखोलामा चट्याङ लागेर एक बालकको मृत्यु भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *