संसद

संघीय संसद्को हिउँदे अधिवेशन अन्त्यको सिफारिस

काठमाडौं । सरकारले आज राति १२ बजेदेखि लागू हुने गरी हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको हो।

गत मंसिरमा सम्पन्न निर्वाचनपछि २५ पुसमा संसद्को पहिलो बैठक राखिएको थियो। आजको प्रतिनिधिसभा बैठक हिउँदे अधिवेशनकाे अन्तिम बैठक हो।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतितिधिसभाका १० वटा विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *