मुख्य समाचार

मिटरब्याजपीडित र सरकारबीच वार्ता

काठमाडौं। मिटरब्याजपीडित र सरकारबीच वार्ता भइरहेको छ । सिंहदरवारस्थित गृहमन्त्रालयमा मिटरब्याजपीडित र सरकारका प्रतिनिधिबीच वार्ता भइरहेको हो ।

मिटरब्याजपीडित काठमाडौं आएर न्यायको माग गर्दै प्रदर्शन गरिरहेका छन् । यसअघि पनि सरकारले मिटरब्याजपीडितको एउटा समूहसँग वार्ता गरेर पाँच बुँदे सहमति गरेको थियो ।

तर, अर्काे मिटरब्याजपीडितको समूहले अस्वीकार गर्दै आएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *