समाचार

बञ्चरेडाँडा अवलोकनका लागि संसदीय टोली पठाउन सांसद पाण्डेको माग

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले बञ्चरेडाँडामा अव्यवस्थित फोहोर फाल्न सुरु गरेको भन्दै आपति जनाएका छन् ।
जथाभावी फोहोर फाल्नाले वतावरण प्रदुर्षित भएको भन्दै सो कार्य रोक्नका लागि पहलकदमी चाल्नुपर्ने बताएका हुन् ।

फोहोर व्यावस्थापनका लागि बञ्चरेडाँडा ल्याण्डफिल साइट निमार्ण गरेपनि अव्यवस्थित रुपमा फोहोर फाल्न थालेको भन्दै एक पटक संसदीय टोली अनुगमनका लागि पठाउन पाण्डेले माग गरेका छन् ।

आज (बिहीबार) प्रतिनिधिसभाको बैठकमा अवलोकनका लागि संसदीय टोली त्यस क्षेत्रमा पठाउन उनले प्रस्ताव गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *