राजनीति

अञ्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्षका लागि गराए उम्मेदवारी दर्ता

काठमाडौं । उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि व्यवसायी अञ्जन श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । आगामी चैत २८ र २९ गते हुने निर्वाचनका लागि श्रेष्ठले मंगलबार आधिकारिक रूपमा उम्मेदवारी दर्ता गरेका हुन् ।

महासंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । यसपटक महासंघको वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठले पनि प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । महासंघको उपाध्यक्षका लागि ५० प्रतिशत मत ल्याउनै पर्ने प्रावधान छ । तर तीनैजना उम्मेदवार बलियो भएकाले पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत ल्याउन सक्ने अवस्था छैन । त्यसैले महासंघको वरिष्ठ उपाध्यक्षको छिनोफानो दोस्रो चरणको निर्वाचनले गर्ने आकलन गरिएको छ ।

महासंघमा अञ्जन र उमेशलालको वस्तुगततर्फ बराबरी मत छ । तर एसोसिएटतर्फ संघाई बलिया उम्मेदवार हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *