काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सहित ४ कम्युनिष्ट पार्टीले संयुक्त मोर्चाको घोषणा गरेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत विप्लव नेतृत्वको नेकपा, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी नेपाल, ऋषिराम कट्टेल नेतृत्वको नेकपा र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले संयुक्त मोर्चाको घोषणा गरेका हुन् ।
चार क्रान्तिकारी कम्युनिष्ट पार्टीको संयुक्त मोर्चा साम्राज्यवादी हस्तक्षेप र अतिक्रमणबाट देशलाई मुक्त पार्ने र नेपालमा दलाल पुंजीवादी सत्ता एवम् दलाल संसदीय व्यवस्थाको समुल नष्ट गरी नेपाली शोषित वर्ग र उत्पीडित समुदायको राज्यव्यवस्था स्थापना गर्ने जनक्रान्तिको हतियार भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।








