राजनीति

कांग्रेस सभापति देउवा र नेम्वाङबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचन नजिकिरहेको घडीमा नेकपा एमालेका संसदीय दलका नेता नेम्वाङले कांग्रेस सभापति देउवा र देउवा पत्नी आरजु राणासँग भेटवार्ता गरेका हुन् ।

सो भेटमा राष्टपतिका उमेदवारका वारेमा विशेषरुपमा भोट विषयलाई लिएर छलफल भएको स्रोतले जनाएको छ ।

नेताहरुबीच राष्ट्रपति निर्वाचनका अलावा अन्य राष्ट्रिय राजनीतिक विषयमा समेत छलफल भएको छ । राष्ट्रका महत्वपूर्ण विषयहरुमा ठूला दल (कांग्रेस र एमाले) एकै ठाउँमा रहेर अधिकतम एउटै धारणा बनाएर अगाडि बढ्नुपर्नेमा नेम्वाङको जोड छ ।

राजनीतिक स्थिरता र दिगो विकासका लागि समेत ठूला दल मिल्नुको विकल्प नरहेको नेम्वाङले बताएको स्रोतले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *