समाचार

माओवादीलाई अपराधी र हत्यारा भन्नेहरूलाई ठेगान लगाइदिने विप्लवको चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध १७ हजार जनताको ज्यान लिएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । रामेछापका ज्ञानेन्द्र आरणसहितले गत कात्तिकमा दायर गरेको मुद्दा सर्वोच्च अदालतले दर्ता गर्ने आदेशसँगै अहिले राजनितिक वृत्तमा चर्चापरिचर्चा शुरु भएको छ ।

२०५२ फागुन १ गते नेपाली राजतन्त्रलाई समाप्त र जन गणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ शुरु भएको माओवादी सशस्त्र आन्दोलन वि.सं. २०६३ साल मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि सो युद्ध समाप्त भएको थियो ।

‘सशस्त्र द्वन्द्वकालमा मारिएका १७ हजार नागरिकमध्ये ५ हजारको मात्र जिम्मा लिन्छु’ भन्ने प्रचण्डको अभिव्यक्तिलाई आधार मानि हत्या अभियोगमा संलग्नलाई पक्राउ गरी मुद्दा चलाउन माग गर्दै रिट निवेदन दिएका थिए ।

उनको उक्त रिट निवेदन सर्वोच्च प्रशासनले तत्काल दरपिठ गरेर गरेपछि अरुण पुनः दरपिठ आदेशविरुद्ध अर्को रिट लिएर सर्वोच्च गएका थिए ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले शुक्रवार प्रचण्डविरुद्धका रिट निवेदन दर्ता गर्न सर्वोच्च प्रशासनलाई आदेश दिएपछि माओवादी केन्द्र चिन्तित बनेको छ । यस सन्दर्भमा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा माओबादी सम्बद्ध कम्निष्ट पार्टीका शीर्ष नेताहरु एकसाथमा यसको प्रतिरोधमा जुटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि डा.बाबुराम भट्टराई, नेत्रविक्रमस चन्द विप्लव र धर्मेन्द्र बास्तोलासहितका नेताहरुले एउटै मञ्चमा उभिएर सो आदेशको विरुद्धमा आ–आप्mनो अभिव्यत्ति दिएका छन् ।

उक्त कार्यक्रममा बोलाइएका मोहन वैद्य किरण भने सहभागी भएका थिएनन् । विभाजित रहेका शक्तिहरुलाई आइतवार सहिद तथा वेपता योद्धा सन्तति फाउन्डेसनले एउटै मञ्चमा चुलेनिम्तो गरेपछि उनीहरुले उपस्थिति जनाएका हुन् । सो कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डेले सर्वोच्चमा परेको रिट प्रतिगमनकारी गणतन्त्रविरोधि विपरित भएको भन्दै आक्रोस व्यक्त गरेका छन् । उनले अबका दिनमा पराजित भएर बस्न नहुने भन्दै विजयका लागि माओवादी शक्तीहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । यस्तै डा. बाबुराम भटराईले पनि अबको मुद्धाहरुको चिरोफार गर्नका लागि विगतमा विचार नमिलेर फरक संगठनमा रहेका पूर्व माओवादी शक्तिहरु एक ठाउँमा जुट्नुको विकल्प नभएको बताएका छन् ।

डा. भट्टराईले विगतमा एउटा गुटमा रहेकाहरुले फरक बाटो रोजेपछि संख्याका आधारमा सानो भएकाले कम्जोर देखेर विभिन्न आरोपप्रत्यारोप लगाउन सक्षम भएकाले अब सबैको सहभागिता एकैठाउँमा हुनुपर्ने बताएका छन् । सो कार्यक्रममा नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादीलाई अपराधी र हत्यारा भन्नेहरूलाई ठेगान लगाइदिने चेतावनी दिँदै माओवादीहरु अपराधी नभएको बताएका छन् ।

माओवादीको इतिहास हेर्दा सबै पाटीहरु एक ठाउँमा जन्मिएर फरक धारमा रहेर राजनैतिक अभ्यास गरिरहेका छन् । नेपालमा राजतन्त्रको अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीका मुद्धाहरु लिएर समाज परिवर्तनका लागि सबै नेतृत्व शक्ति अघि बढेर केही परिवर्तन सम्भव भएको हो । परिवर्तन केबल बुद्धिमत्ताले गरेन, युद्धबाट शुरु भएको हो । युद्धका कारण अहिलेसम्म द्वन्दपिडित, अपाङ्ग, तथा द्वन्दका घाइतेहरुले न्याय पाउन सकेका छैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *