काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपतिबारे कडा टिप्पणी गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोकेको बताउँदै एमालेको मात्र राष्टपति बनेको हो ? भन्ने प्रश्न उठाएकी छिन् ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रियसभा उपाध्यक्ष भएपछि पहिलो पटकअर्यालले राष्ट्रपति, उपराष्ट्रपतिले सबैको अभिभावकीय भूमिका निर्वाह . गर्नुपर्नेमा जोड दिइन् । नागरिकता विधेयक दुई–दुई पटक पारितका लागि पठाएको तर राष्टपतिले पारित नगर्नले जनताले दुःख पाएको उनले बताएकी छिन् । देशका आम नागरिकका लागि पिडादायीक बनेको उनले बताइन् ।
राष्ट्रपति पार्टीभन्दा माथि उठ्नुपर्नेमा अर्यालले जोड दिइन् ।
सधैं एमालेको मात्र राष्ट्रपति अनि विधेयक हुबहु अध्यादेशका रुपमा आएको बेला ओके । अनी कानुन बनेर जाँदा रिजेक्ट गर्न सकरात्मक नभएको उनले टिप्पणी गरिन् ।
राष्ट्रियसभाको उपाध्यक्ष रहँदा आफ्नो भूमिका सन्तुलित हुन नसके सजग गराउन आग्रह समेत उनले आग्रह गरेकी छिन् । आफूमाथि राष्ट्रियसभा अध्यक्ष भएकाले क्रस गरेर हस्तक्षेपकारी भूमिका नखेल्ने भन्दै आफ्नो भूमिका बढाउन सक्ने विश्वास व्यक्त गरिन् ।




