काठमाडौं । आज एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच लामो भेटवार्ता भएको छ ।
राष्ट्रपतिबारे माओवादी केन्द्रले आधिकारिक निर्णय गर्ने तयारी गरिरहेको बेला एमाले अध्यक्ष केपी ओलीले बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसंग लामो बार्तामा रहेका हुन् ।
दुई नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (विहिबार) फागुन २५ मा हुने राष्ट्रपति निर्वाचन र मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे केन्द्रित रहेर छलफल भएको हो । प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली बिहीबार १० बजे बालुवाटार पुगेर कुराकानीका क्रममा प्रचण्ड–ओली पूर्व सहमति अनुसार राष्ट्रपति एमालेले पाउनुपर्नेमा राष्ट्रिय सहमति बनाउन प्रधानमन्त्री प्रचण्डलाई आग्रह समेत गरेका छन् ।
ओलीको प्रस्तावमा प्रधानमन्त्री प्रचण्डले एमाले, माओवादी वा अरू कुनै दलभन्दा पनि कुन दलमा सहमति बन्छ त्यसको लागि छलफल गरेर अघि बढ्दा उतम हुने जवाफ दिएको बालुवाटार स्रोतले जानकारी दिएको हो ।
प्रधानमन्त्री प्रचण्डको जवाफपछि एमाले अध्य्रक्ष ओलीले राष्ट्रपतिमा पुस १० मा भएको सहमतिमाथि प्रचण्डलाई ध्यानाकर्षण गराएका छन्। तर ओलीको प्रस्तावमा प्रधानमन्त्रीले अबको राष्टपतिमा राष्टिय सहमति अनिवार्य आवश्क रहेको बताएका छन् ।
अध्यक्ष ओलीले गठबन्धन भत्काउन र सत्ता समीकरण हेरफेर गर्न विभिन्न चलखेल भइरहेको भन्दै कांग्रेस नेताहरूले दिएका अभिव्यक्तिहरू मुलुकमा अस्थिरता फैलाउने किसिमका भएकाले सचेत रहन आग्रह गरेका थिए । त्यसपछि प्रचण्डले अहिलो गठबन्धन नटाउने प्रयासमा जुटेको बताए ।
‘प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दुवै जना आ–आफ्नो अडानमा रहेको उल्लेख गरे ।
सल्लाहकार गजुरेलले राष्ट्रपतिबारे दुवै दल सहमतिमै अगाडि बढ्ने पक्षमा रहेको भन्दै थप छलफल गर्दै जाने बताए । उनले एमालेसँग सहमति भए पनि नभए पनि माओवादी केन्द्रले राष्ट्रपतिबारेमा आधिकारिक निर्णय गरेर अघि बढ्ने बताए ।
‘एमालेसँग सहमति भए पनि पार्टीमा निर्णय गर्नुपर्छ, सहमति नभए पनि निर्णय गर्नुपर्छ र त्यो चाँडै हुन्छ’, गजुरेलको भनाइ छ । फागुन २५ गते हुने राष्ट्रपति चुनावका लागि फागुन १३ गते उम्मेदवारी दिने निर्वाचन कार्यतालिका छ । त्यसअघि सत्ता साझेदार दल एमाले र माओवादीबीच न्युनतम् सहमति हुने नेताहरूको विश्वास छ ।




