राजनीति

नेविसंघले अनुशासन उल्लंघन गर्नेमाथि कारबाही गर्ने

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सङ्गठनभित्र अनुशासन उल्लघंन गर्नेमाथि कारबाही गर्ने चेतावनी दिएको छ । सङ्गठनभित्र अन्तर्विरोध चर्किन थालेपछि नेविसंघ केन्द्रीय कार्यालयले यस्तो निर्णय गरेको हो । अध्यक्ष दुजाङ शेर्पाको निर्देशनमा नेविसंघ मुख्य सचिव विजय खड्काले एक विज्ञप्ति जारी गर्दै अनुशासन उल्लङ्घन हुने कार्य नगर्न आग्रह समेत गरेका छन् ।

नेविसंघको लेटर हेड प्रयोग गरेर स्ववियु निर्वाचन लक्षित विभिन्न समिति र तिनका संयोजक तोक्ने काम भएको भन्दै त्यस्तो नगर्न आग्रह गरिएको विज्ञपतीमा उल्लेख गरिएको छ । नेविसंघले स्ववियु निर्वाचन २०७९ लाई लक्षित गरी विभिन्न समिति तथा संयोजकहरूको आधिकारिक नाम सार्वजनिक गरेको छ । नेविसंघको स्ववियु घोषणापत्र समितिको संयोजकमा नेविसंघका पूर्व केन्द्रीय सदस्य पुजन गन्धर्व रहेका छन् ।

सम्पुर्ण जानकारीका लागि विज्ञप्तीमा हेर्नुहोस :

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *