काठमाडौं । ललितपुरको ग्वार्को चोकमा फ्लाइ ओभर निर्माण कार्य सुरू भएकाले सडकमा ट्राफिक जाम बढे्न थालेको छ ।
ग्वार्को चोकमा गत शनिबारदेखि फ्लाइ ओभर निर्माण कार्य सुरू भएको हो । उक्त क्षेत्रमा फ्लाइ ओभर निमार्णको काम तिव्र गतिमा बढेपछि सो क्षेत्रको सडकमा ट्राफिक जाम बढ्दै गएको हो ।
फ्लाइ ओभर निर्माण सम्पन्न नहुन्जेलसम्म बिहान ६ बजेदेखि कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुबाहक, मालबाहक तथा दुई पाङ्ग्रे सवारी साधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनलाई द्रुत मार्गबाट सञ्चालन गरिए पनि सडक जाम कम हुन सकेको छैन।
चक्रपथको विस्तारित खण्ड कोटेश्वरदेखि कलंकीसम्म मुख्य जाम हुने तीन ठाउँमा ‘फ्लाइ ओभर’ निर्माण गर्ने योजनाअनुसार ग्वार्को चोकमा ‘फ्लाइ ओभर’ निर्माण गर्न निर्माणको काम थालिएको हो ।
ललितपुरको ग्वार्को सो क्षेत्रको निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य रहेको छ ।




