काठमाडौं । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक सुरु भएको छ । सङ्घीय संसद्को महासचिव डा. भरतराज गौतमले मङ्गलबार अपराह्न ४ बजेर १ मिनेटमा बैठक सुरु भएको जानकारी दिए । आजको बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्थ–वार्षिक मूल्याङ्कन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिने कार्यक्रम रहेको छ ।





