गण्डकी प्रदेश

गण्डकी प्रदेश सभाको बैठक बस्दै

काठमाडौं । गण्डकी प्रदेश सभाको बैठक आज बस्दैछ । प्रदेशसभा सचिवालयका अनुसार १७ दिनपछि आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

आज बस्ने बैठकमा अघिल्लो सरकारले ल्याएको दुई अध्यादेश टेबल भएको अध्यादेश स्वीकृतका लागि पेस हुने तालिका रहेको सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।

गण्डकी प्रदेश सभाको पहिलो बैठकमा पूर्व प्रदेश सभा मामिला तथा कानुन मन्त्री विन्दुकुमार थापाले गण्डकी निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश टेबल गरेका थिए ।

कार्यव्यवस्था परामर्श समितिले गठन नहुँदा प्रदेश सभामा कार्यसूची तय सभामुख र सचिवालयलाई असहज भएको छ । यसअघि पछिल्लो पटक प्रदेश सभाको बैठक माघ २ गते बसेको थियो ।

उक्त दिन प्रदेश उपसभामुख चयन गरिएको थियो । त्यसपछि माघ ९ गतेका लागि बैठक बस्ने भनिएको थियो । तर, मन्त्रिपरिषद विस्तार नहुँदा र सरकारले ‘बिजनेश’ नदिँदा प्रदेश सभा बैठक आजका लागि सारिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *