समाचार

अख्तियारका पूर्वआयुक्त पाठक र घुस दिने लम्बोदर न्यौपाने दोषी ठहर

काठमाडौं । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकलाई भ्रष्टाचार अभियोगमा दोषी ठहर गरेको छ ।

घुस लिएको अभियोगमा अख्तियारले पाठकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । पाठकलाई ३९ लाख रुपैयाँ जरिवाना र तीन वर्ष तीन महिना कैद तोकिएको छ । उनीसँग घुस काण्डमा जोडिएका लम्बोदर न्यौपानेलाई पनि अदालतले दोषी ठहर गर्दै ३९ लाख जरिवाना र तीन वर्ष कैद सजाय सुनाएको छ ।

विशेष अदालतका प्रमुख श्रीकान्त पौडेल, न्यायाधीसहरु यमुना भट्टराई, बलभद्र बाँस्तोलाको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *