समाचार

सभामुखको निर्वाचन माघ ५ गते हुने

काठमाडौं । प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ५ गते हुने भएको छ।

मंगलवार प्रतिनिधिसभा बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सभामुख पदको निर्वाचनको मितिबारे संसद्लाई जानकारी गराएका हुन् ।

उनले संसद् सचिवालयलाई निर्वाचनको कार्यक्रमसम्बन्धी सूचना माघ ३ गते सार्वजनिक गर्न पनि निर्देशन दिए ।

सत्तारुढ दलहरूबीच सभामुख नेकपा एमालेलाई दिने सहमति भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *