समाचार

कांग्रेस पनि प्रचण्डलाई विश्वासको मत दिने मुडमा, प्रचण्ड र देउवाबिचको छलफलमा उठ्यो विश्वासको मतबारे छलफल

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने बचन दिएका छन् ।

देउवाले सोमबार साँझ आफूलाई भेट्न धुम्बाराहीस्थित निवास पुगेका प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनसक्ने संकेत गरेका हुन् ।

कांग्रेसले मगलबार बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री प्रचण्डले मंगलबार बिहान ११ बजे प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।

विश्वासको मत लिनुअघि प्रधानमन्त्री प्रचण्ड कांग्रेस सभापति देउवा निवास पुगेका हुन् । भेटमा कांग्रेसका नेताहरू पूर्णबहादुर खड्का र कृष्ण सिटौलासमेत सहभागी थिए ।

कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत संस्थापन इतर समुहका नेताहरु प्रतिपक्षमा बस्नुपर्ने पक्षमा देखिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *