समाचार

प्रतिनिधिसभाका सबै दलसँग विश्वासको मत माग्ने गठबन्धनको निर्णय

काठमाडौं । सत्तारुढ राजनीतिक दलले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिन प्रतिनिधिसभाका सबै राजनीतिक दलहरुलाई आह्वान गर्ने निर्ण गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनको बैठकले सबै राजनीतिक दललाई विश्वासको मत दिन आह्वान गर्ने निर्णय गरेको हो ।

त्यस्तै सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने निर्णय समेत भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्दने, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा। सिके राउत सहभागी थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *