समाचार

प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने निर्णयको अधिकार अध्यक्ष ठाकुरलाई

काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ ।

बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई दिएको हो ।

साथै बैठकले मधेश प्रदेशको संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ भने संगठन विस्तारको कामलाई यथाशीघ्र अगाडि बढाउने निर्णय पनि गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *