देश

व्यक्तिगत रुपमा प्रचण्डप्रति सकारात्मक रहेको माधव कुमार नेपालको दावी

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति व्यक्तिगत रुपमा सकारात्मक रहेको धारण ्रव्यक्त गरेका छन् । तर माधवकुमार नेपाल विश्वासको मत पछि मात्र निर्णय लिने उनको भनाइ छ ।

गत पौष १० मा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएसंगै २६ पुसमा विश्वासको मत लिने तय समय तालिका तय भएको छ ।

यस विषयमा भने एकीकृत समाजवादीले केही निर्णय गरेको छैन । शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष नेपालले विश्वासको मतबारे जम्मै पक्षको विश्लेषण गर्ने बताएका छन । व्यक्तिगत रुपमा भने प्रचण्डप्रति सकारात्मक धारणा रहेकाले अब सरकारको गति हेरेर मात्र ठोस निर्णय दिने बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *