समाचार

चुनावको सम्पुर्ण तयारी पुरा, आइतबार बिहान ७ बजेदेखि मतदान शुरु हुने

काठमाडौं । आइतबार हुने प्रतिनिधि र प्रदेशसभाको चुनावको तयारी सकिएको छ ।

प्रतिनिधिसभाका २७५ र प्रदेशसभाका ५५० सदस्य चयनका लागि आइतबार मतदान हुदैछ । निर्वाचन आयोगका अनुसार चुनावका लागि देशभर १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् ।

निर्वाचन सुरक्षाका लागि नेपाली सेनाका ७४ हजार ८४९, नेपाल प्रहरीका ७१ हजार ६९३, सशस्त्र प्रहरी बलका ३५ हजार ११६, राष्ट्रिय अनुसन्धान विभागका १ हजार ८२१ सुरक्षाकर्मी खटिएका छन् । त्यस्तै १ लाख १५ हजार म्यादी प्रहरी पनि सुरक्षामा खटिएका छन् ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमा दुई हजार ४१२ उम्मेदवार छन् । जसमा एक हजार ५४५ जना दलका र ८६७ जना स्वतन्त्र उम्मेदवार छन् ।

प्रदेशसभाको प्रत्यक्षतर्फ तीन हजार २२४ जना कुल उम्मेदवारमध्ये दुई हजार १३० जना राजनीतिक दलका र एक हजार ९४ जना स्वतन्त्र उम्मेदवार छन् ।

१० हजार ८९२ वटा मतदानस्थलमा २२ हजार २२७ वटा मतदान केन्द्रमा चुनाव गराउन २ लाख ४६ हजार ९६० जना कर्मचारी खटिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *