निर्वाचन-२०७९

मतदातालाई भ्रमित पार्ने सूचना सामग्री सम्प्रेषण नगर्न प्रेश काउन्सिलको आह्रवान

काठमाडौं । भोलि हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदान प्रक्रियालाई बिथोल्ने गरी सञ्चार माध्यममार्फत सूचना सामग्री सम्प्रेषण नगर्न प्रेश काउन्सिल नेपालले आह्रवान गरेको छ । काउन्सिलले आज एक विज्ञप्ती जारी गर्दै त्यस्ता सूचान प्रकाशन प्रसारण भएको पाइएमा विद्युतीय अपराधसम्बन्धी कानुनअनुसार कारबाही प्रक्रिया बढाउने सचेत समेत गराएको छ ।

आज बिहानैदेखि विभिन्न सञ्चार माध्यमको माष्ट हेड प्रयोग गरी गलत समाचार सम्प्रेषण भएको विषयलाई ईंकित गर्दै काउन्सिले यस्तो आह्वान गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *