राजनीति

सहमती नजुटे नागरिकता विधेयकलाई पास गरिने गृहमन्त्री खाँणको संकेत

काठमाडौैं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकलाई रोक्न नसकिने बताएका छन् । आज नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री खाँणले सहमती जुट्न नसकेमा होल्डमा राख्न नमिल्ने बताएका हुन् ।
नागरिकता विधेयक रोकिँदा नेपाली नागरिक आमाबाबुको सन्ततिलाई नागरिकता दिन नसकिने र उनीहरुको विकासको लागि असर पर्ने भएकाले अब दलहरुबीचमा सहमती हुन नसकेको खण्डमा सोही नागरिकता विधेयक पास गरिने उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *