काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलुरुले जारी आइपिएलमा कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलुरुले कोलकोतालाई ६ विकेटले पराजित गरेको हो ।
कोलकोताले दिएको १९३ रनको लक्ष्य पछाएको बैंगलुरुले १९.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
बैंगलुरुको जितमा विराट कोहलीले शतकीय पारी खेलेका थिए । विराटले ६० बल खेल्दै अविजित १०५ रन बनाएका थिए । यो खेल खेलेपछि उनी सबैभन्दा बढी २७९ आइपिएल खेल खेल्ने पहिलो खेलाडी बनेका छन् । त्यस्तै बैंगलुरुका लागि देवदत्त पाडिकलले ३९ रन बनाएका थिए ।
त्यसैगरी कोलकोताका बलर कार्तिक त्यागिले ३ विकेट लिए भने सुनिल नारनले एक विकेट लिएका थिए ।यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ४ विकेट गुमाएर १९२ रन बनाएको थियो । कोलकोताका लागि अंगकृश रघुबंशीले सर्बाधिक ७१ रन बनाएका थिए भने रिंकु सिंहले अविजित ४९ रन बनाएका थिए । त्यस्तै क्यामरुन ग्रीनले ३२, कप्तान आजिख्य रहानेले १९ र फिन एलेनले १८ रन बनाएका थिए ।
यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरु १२ खेलमा १६ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै कोलकोताको भने ११ खेलमा ९ अंक रहेको छ र आठौँ स्थानमा रहेको छ । यो हारले कोलकोताको प्लेअफको सम्भावना कठिन भएको छ ।




