काठमाडौं । दोलखामा भारी वर्षा भएको छ । जल मौसम विज्ञान विभागका अनुसार दोलखामा दिउँसोदेखि बेलुकासम्म ६७ मिलमिटर वर्षा भएको हो । विभागका अनुसार दोलखाको सिंगट र आसपास क्षेत्रमा भारी बर्षा मापन भएको हो।
सिंगटी आसपासको खहरे खोला लगायत तमाकोसीका स–साना सहायक नदीमा आकस्मिक बहाव हुनसक्ने र भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने भन्दै महाशाखाले भोलि बिहानसम्म सतर्क रहन समेत आग्रह गरेको छ ।




