काठमाडौँ । सत्तारुढ दल नेकपा (माओबादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड पाँचदिने जापान भ्रमणपछि नेपाल फर्किएका हुन् ।
प्रचण्ड नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा शुक्रबार राति जापान गएका थिए । प्रचण्ड त्यहाँ विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।
प्रचण्डले शनिबार जापानको फुकुओकामा नेपाल फेस्टिभलको समुद्घाटन समेत गरेका थिए भने आइतबार हिरोसिमाको पनि भ्रमण गरेका थिए ।
प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेता नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री जनार्दन शर्मा लगायतले स्वागत गरेका थिए ।




