समाचार

कांग्रेसलाई ‘मै हुँ’ भन्ने भएकाे छ, अर्काे चुनावी माेर्चा बनाउँदैछाैँ

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आसन्न निर्वाचनमा आफूहरू गठबन्धनकै रूपमा अगाडि जाने बताएका छन् । बिहीबार काठमाडाैँमा आयाेजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै यस्ताे बताएका हुन् । ‘म भन्छु है, गठबन्धन जारी नै रहन्छ । हामी गठबन्धनकै रूपमा निर्वाचनमा जान्छाैँ’

यस्तै उनले अर्काे माेर्चा बनाउने बताएका छन् । ‘तेस्राे शक्ति पनि बनाउँदैछाैँ । त्यहाँ हामी, माओवादी केन्द्र र जनता समाजवादी र राष्ट्रिय जनमाेर्चा एकठाउँमा छाैँ । कांग्रेसलाई हामी नै सबैथाेक हाैँ भन्ने परेकाे छ । सर्वेसर्वा मै हुँ भन्ने अवस्था आएकाे छ । चुनावी माेर्चा बनाउनुपर्ने भन्ने आएकाे छ । त्याे भएर हामीले वामपन्थीहरूकाे माेर्चा बनाउँदैछाैँ,’ उनले भनेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *