समाचार

मंसिर ४ गते निर्वाचन हुने पक्का छ : प्रचण्ड

काठमाडाैं । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ गते संघीय निर्वाचन हुने पक्का भएको बताएका छन् ।

काठमाडौंको एक क्याफेमा पार्टीको सम्पर्क समन्वय समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा भएको थियो । अब निर्वाचन मंसिर ४ गते हुने पक्काजस्तै भएको छ । ’

उनले कार्यकर्ताहरूलाई निर्वाचनमा लाग्न निर्देशनसमेत दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *