समाचार

गजेन्द्र महतको गुनासो : पिच सडक त हाम्रो भाग्यमै लेखेको छैन

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महतले सडकमा कालोपत्र आफूहरुको भाग्यमै नभएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले जुम्लाबाट स्याउ झार्ने बेलामा हिलाम्मे सडक भएर बाटोमै कुहिने अवस्था बनेको गुनासो गरे।

उनले भने, ‘प्रतिपक्षले मलाई हेरिरहेको छ। उता होइन आज म जुम्ला जिल्लाको समस्या भन्दैछु। बाटो पिच त भाग्यमै लेखेको छैन। ओटासिल भन्छ १० बर्ष भइसक्यो। शहरबजारमा चार/पाँच चोटी पिच भइसक्यो, काठमाडौंको पिच ५ इन्चभन्दा बाक्लो छ। मन्त्रीहरु भएको ठाउँमा ४ इन्चभन्दा कम छैन। हाम्रो हिलाम्मे छ। स्याउ झोर्न बेला भयो। ध्यान जावस्।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *