समाचार

एकीकृत समाजवादीले आज स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौं।नेकपा एकीकृत समाजवादी पार्टीले गत स्थानीय तह निर्वाचनमा विजयी भएका पार्टीका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ। समाजवादीले आज जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागेको हो।

प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले बिहान ११ बजे नयाँ बानेश्वरस्थित अर्पण ब्यान्क्वेटमा गर्ने पार्टीले जनाएको छ।

समाजवादीले पार्टीबाट मन्त्री बनेकाहरूलाई समेत केही अघि प्रशिक्षण दिएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *