समाचार

कमैया, कमलरी, हरुवा, चरुवा र हलिया राख्नेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्त कमैया, कमलरी, हरुवा, चरुवा र हलिया श्रमिक राख्नेलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

कमैया मुक्ति घोषणाको २२ वर्ष पुगेको अवसरमा बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले कसैले पनि कमैया, हरुवाचरुवा वा बँधुवा श्रमिक राख्न नपाउने भन्दै कसैले राखे कारबाही गर्न निर्देशन दिएका छन् ।

त्यस्तै उनले कमैया श्रम निषेध गर्ने सम्बन्धी ऐनलाई कडाइपूर्वक लागू गर्न पनि निर्देशन दिए । हरुवाचरुवा वा कमैयाको कुनै अवशेष बाँकी भएको भए दण्डनीय हुने उनको भनाई छ । प्रधानमन्त्री देउवाले हरुवाचरुवालाई सामाजिक आर्थिक उन्नति र सम्मानजनक जीवन सुनिश्चित गर्नका लागि विशेष लक्षित कार्यक्रम ल्याउने उनले बताए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हालसम्म २७ हजार २१ मुक्त कमैया परिवारलाई जमिन र घर उपलब्ध गराएको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *