काठमाडौं । नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले उपसभामुखमा निर्वाचित गराउने सम्पूर्ण सांसदलाई धन्यवाद दिएका छन् ।
भुसालले संविधानको कार्यान्वयन गर्नको लागि संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार मुलुकको राष्ट्रिय राजनीतिमा देखा परेका आयामहरुलाई व्यवस्थापन गर्ने भूमिका निर्वाह गर्ने बताएका छन् ।
प्रतिनिधिसभामा भएको निर्वाचनबाट उपसभामुखमा निर्वाचित भएपछि पत्रकारहरुसंग कुरा गर्दै उपसभामुखले संविधानले जुन अपेक्षा संवैधानी सदस्यसंग गरे अनुरुप आफ्नो भूमिका निर्वाह गर्ने बताए ।
उनले आफू उपसभामुख पदमा रहुन्जेल सम्म पार्टीको महत्वपुर्ण कार्यक्रमहरुमा सहभागी हुन नैतिकताले नदिने र कुनै पनि कार्यक्रममा सहभागी नहुने दावी गरे । उनले उपसभामुख पदमा रहुन्जेलसम्म पार्टीको कुनै पनि पदमा नरहने समेत बताए।
उनले एमालेका उम्मेदवारी विद्या भट्टराईलाई ५५ मदले पराजित गर्दै उपसभामुखमा निर्वाचित भएकी हुन् । भट्टराईको पक्षमा भने ९३ मत मात्रै पर्यो ।




