काठमाडाैँ । सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतकाे राजधानी दिल्ली पुगेका छन् । उनलाई भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालगायतका उच्च अधिकारीहरूले स्वागत गरेका छन् ।
उनी केही मिनेटअघि मात्रै इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।




